पशुपतिमा एक युवक संकास्पद मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ८

काठमण्डौँ । शिवरात्रीमा पशुपतिमा एक युवकको संकास्पद मृत्यु भएको छ ।

शिवरात्रीको भोलिपल्ट एक युवकको शव पशुपतिनाथको मन्दिर परिसरमा भेटिएको छ । शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरी वृत्त गौशालाले घटनास्थलमा मुचुल्का गरेर शवको अनुसन्धान अघि बढाएको थियो ।

मृतक व्यक्तिको शरीरमा निलडाम र चोट पटक देखिएपछि मृत्यु संकास्पद भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि अनुसन्धानमा खटिएको छ । मृतक व्यक्ति संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । मृत फेला परेका गिरी पशुपति क्षेत्रमै बस्ने, मागेर खाने गरेको प्रहरीको भनाइ छ ।

शवको प्रकृत हेर्दा हत्याको आशंका गर्दै प्रहरीले पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो । पोस्टमार्टम रिपोर्ट आएपछि थप विषयहरु खुल्ने प्रहरीले बताएको छ ।
प्रहरी स्रातेका अनुसार अनुसन्धान गर्दा यो घटनामा एक ‘बाबा’ जोडिएका छन् । मृत फेला परेका युवक राति कोसँग बसेका छन् भनेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा एक ‘बाबा’ जोडिन आएको देखिएको प्रहरी स्रोतले जनाएको छ ।

शिवरात्रीमा पशुपति आएका एक बाबाको मोबाइल हराएको थियो । उक्त मोबाइल अहिले मृत फेला परेका गिरीले चोरको आरोप बाबाको थियो । ‘बाबाले नै अहिले मृत भेटिएका गिरीलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको भन्ने बुझिएको छ ।

त्यसको भोपिल्ट तीनै व्यक्ति मृत भेटिएको स्रोतले जनाएको छ । लामो समय भारतको बनारस बसेका ‘बाबा’ पछिल्लो समय भने नेपालमै बस्थे । प्रहरीका अनुसार राजवंशी थरका उनी नेपाली नागरिक नै हुन् । राति अहिले मृत फेला परेका गिरीसँगै बसेको देखिएका ‘बाबा’ अहिले भने फरार छन् । फरार बाबाको पहिचान भइसकेको तर पक्राउ पर्न मात्रै बाँकी रहेको प्रहरीको भनाइ छ । ती युवकको घटना भने अहिलेसम्म गुपचुप छ । यसबारे औपचारिक रुपमा प्रहरी केही बोलेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *