फागुन ८ का लागि कृषि उपजको थोक मूल्य तय

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ८

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार तरकारी, फलफूल, मसला तथा माछाको मूल्यमा विविधता देखिएको छ।

ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ६० देखि ७० रुपैयाँसम्म तोकिएको छ भने सानो लोकल गोलभेँडा ३०–४० रुपैयाँमा कारोबार भइरहेको छ। रातो आलु प्रतिकिलो २२–२६ रुपैयाँ र भारतीय सुक्खा प्याज ३६–३८ रुपैयाँ कायम भएको छ।

हरियो तरकारीतर्फ लोकल गाजर ५०–६०, लोकल बन्दा ३५–५० र स्थानीय काउली २०–३५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। सेतो मूला (लोकल) भने १०–१५ रुपैयाँमै उपलब्ध छ।

मौसमी तथा अन्य तरकारीमा तितो करेला १६०–१८०, घिरौला १३०–१४०, भिन्डी १००–१२० र लौका ९०–१०० रुपैयाँ प्रतिकिलो रहेको छ। सागपातमध्ये रायो साग १५–२५, पालुङ्गो २०–३५ र मेथी ३०–४० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

च्याउतर्फ कन्य च्याउ ११०–१४० रुपैयाँ प्रतिकिलोमा पाइँदा डल्ले च्याउ ४५०–५०० रुपैयाँसम्म पुगेको छ। सिताके च्याउ भने ८०० देखि १,००० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

फलफूलमा स्याउ (फुजी) २५०–३००, केरा (दर्जन) १७०–१९०, कागती २२०–२४० र अनार ३००–३३० रुपैयाँ रहेको छ। हरियो अङ्गुर २४०–२६० तथा कालो अङ्गुर ३५०–४०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

मसला तथा अन्य वस्तुमा अदुवा १००–१२०, सुकेको खुर्सानी ३८०–४३० र हरियो खुर्सानी (अकबरे) ८००–९०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। ताजा माछातर्फ रहु ३२०–३४०, बचुवा २६०–२८० र छडी २३०–२५० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *