फागुन २८ गते ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ७

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १८औं वार्षिक साधारणसभा फाल्गुन २८ गते विहिबार गर्ने भएको छ ।

सभा बिहान ११ बजे लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौमा गर्ने भएको हो । बैंकको फागुन ५ गते मंगलबार अपरान्ह बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सभाको मिति तय भएको हो ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंकको २०८२ आषाढ मसान्तसम्मको वित्तीय अवस्थाको विवरण तथा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

सभाले यस विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आ।व।२०८१/८२ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *