इन्जिनियरका हत्यारा पक्राउ नपरेपछि सिरहामा गृहमन्त्रीको राजीनामा माग गर्दै सडक जाम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ७

काठमाण्डौँ । इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्याको ४ दिनसम्म हत्यारा पक्राउ नपरेपछि सिरहामा सडक जाम गरिएको छ ।

यादवको गृहजिल्लामा स्थानीयले धनगढीमाई बजारमा चक्काजाम गरेका छन् । उनीहरूले महेन्द्र राजमार्ग केही समय अवरुद्ध पारेका छन् । उनीहरूले मृतकका परिवारलाई न्याय दिन, घटनाको छानबिन गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

प्रदर्शनकारीले अपराधीको सुराकसमेत पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । न्याय नपाए थप आन्दोलनको चेतावनी दिइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र संलग्नको खोजी भइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *