|
२०८२ फाल्गुन ६
काठमाडौँ । नेपाल चिकित्सक संघ (एनएमए) को परिषद् बैठकमा वर्तमान कार्यकारिणी समितिको कार्यकाल निर्वाचन नभएसम्म बढाउने प्रस्ताव विवादमा परेको छ।
बुधबार बसेको परिषद् बैठकमा प्रस्तुत उक्त प्रस्तावको विरोध गर्दै पाँच जना परिषद् सदस्यले फरक मत दर्ता गरेका छन् । परिषद् सदस्य डा. दिपेन्द्र पाण्डेले बैठकमा ल्याइएको प्रस्तावप्रति असहमति जनाएका हुन् ।
उनका अनुसार कार्यकारिणी समितिको कार्यकाल अर्को निर्वाचन सम्पन्न नभएसम्म थप गर्ने प्रस्ताव संघको विधान, २०४७ विपरीत रहेको छ।
डा. पाण्डेसँगै परिषद् सदस्यहरू डा. छवि पन्थी, डा. अमित उप्रेती, डा.अपिल उप्रेती र डा. सञ्जितकुमार साहले पनि प्रस्तावविरुद्ध फरक मत दर्ता गराएका छन् ।
प्रस्तावबारे अन्तिम निर्णय भने परिषद्को आगामी प्रक्रियाबाट टुंगो लाग्ने जनाइएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्