पशुपतिमा शिवरात्रीको दिन ड्युटीका खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ६

काठमाण्डौँ । शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताएका छन् ।

उनले पशुपतिमा एक प्रहरीलाई लात्तीले छातीमा हानेका थिए । प्रहरीलाई कुटेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, कुट्ने युवकको पहिचान हुन सकेको थिएन ।

मंगलबार मात्रै प्रहरीले एक सूचना निकाल्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग माग गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *