रामेछाप बस दुर्घटनामा बेपत्ता बालकको शव एक सातापछि फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ४

काठमाडौँ – रामेछापमा गत माघ २७ गते भएको बस दुर्घटनामा बेपत्ता भएका एक बालकको शव एक सातापछि फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सोमबार बिहान करिब साढे ७ बजे गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारमा शव भेटिएको हो।

मृतक मन्थली नगरपालिका–६ का ९ वर्षीय कृचन तामाङ रहेको पुष्टि भएको छ। उनको सनाखत मन्थली–२ पिप्ले निवासी ठूलोबुबा युवराज तामाङले गरेका हुन्। शव पहिचान भएसँगै कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनासँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *