|
२०८२ फाल्गुन ४
कञ्चनपुर – नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाका कारागारको सुरक्षा जिम्मेवारी सम्हालेको छ। आसन्न निर्वाचनलाई मध्यनजर गर्दै संवेदनशील कारागार र महत्वपूर्ण स्थानहरूको सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको हो।
सेनाको श्री नं २५ वाहिनी अड्डा, भगतपुर ब्यारेकका अनुसार कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङका कारागारमा सेना तैनाथ भइसकेको छ। बैतडीको कारागार निर्माणाधीन भएकाले त्यहाँ सेना खटिनु परेका छैनन्।
नेपाली सेनाको श्री नं ५ वाहिनी अड्डा अन्तर्गत डोटी, कैलाली र अछामका कारागारमा पनि सुरक्षा व्यवस्था सुनिश्चित गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहराले कारागार, विनमास्थल र धनगढीको आयल निगम डिपोमा सुरक्षा दिइरहेको जानकारी दिएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्