|
२०८२ फाल्गुन ४
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाली सेना दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा अमेरिकी सेनाको सहभागिताप्रति आपत्ति जनाउँदै सरकारसँग आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेको छ।
पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी गरेको विज्ञप्तिमा अमेरिकी सेनाको प्रदर्शन राजनीतिक दल र सर्वसाधारणलाई पर्याप्त जानकारी नदिइ गरिएको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “विदेशी हस्तक्षेपको बहस भइरहेकै बेला सरोकारवाला पक्षको सहमति बिना यस्तो कार्यक्रम आयोजना हुनु राष्ट्रिय स्वाधीनतासँग संवेदनशील सम्बन्धित विषय हो।”
पार्टीले जिम्मेवार निकायले तत्काल स्पष्टता दिनुपर्ने माग गर्दै आवश्यक परे प्रतिरोधका कार्यक्रमको तयारीमा रहन कार्यकर्तालाई पनि सचेत रहन सुझाव दिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्