|
२०८२ फाल्गुन ४
काठमाडौँ – नेपाली काँग्रेसले आफ्नो केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार दिउँसो १ बजे सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो कि बैठकमा पार्टीसँग सम्बन्धित समसामयिक विषयहरू, विगतमा गरिएको अनुशासन कारबाही र अन्य सम्बन्धित मुद्दाहरूमा छलफल हुने छ।
साथै, काँग्रेसमा केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरिएको छ। समिति सदस्यहरूमा धना खतिवडा र सुवासकुमार पोखरेल रहेका छन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्