|
२०८२ फाल्गुन ४
रुकुमपूर्व, फागुन ४ — पुष्पकमल दाहाल सोमबार बिहान रुकुमपूर्वको पर्यटकीय क्षेत्र मैकोटमा भेटघाटमा सक्रिय देखिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक दाहाल आइतबार दिउँसो मैकोट पुगेका थिए। त्यहाँ बसाइँका क्रममा उनले बिहानको समय मर्निङवाकसँगै स्थानीय मतदाता र पार्टी कार्यकर्तासँग छलफलमा बिताएका हुन्।
विभिन्न वडाबाट आएका कार्यकर्तासँग उनले स्थानीय आवश्यकता, विकासका सम्भावना र समसामयिक राजनीतिक विषयमा संवाद गरेको बताइएको छ।
निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताहरूको जिल्लास्तरीय सक्रियता बढ्दो क्रममा रहेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्