|
२०८२ फाल्गुन ४
काठमाडौँ, फाल्गुन ४ — नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा कायम भएको छ। युरोको खरिद १७१ रुपैयाँ ७६ पैसा र बिक्री १७२ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ १९७ रुपैयाँ ५४ पैसामा खरिद र १९८ रुपैयाँ ३५ पैसामा बिक्री हुनेछ।
यस्तै अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाललगायत मुद्राको दर पनि निर्धारण गरिएको छ।
केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला परिमार्जन गर्न सकिने जनाएको छ। साथै वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने केही फरक हुन सक्ने उल्लेख गरिएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्