|
२०८२ फाल्गुन ३
काठमाडौँ, फागुन ३ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाउन थालेका छन्।
आयोगका अनुसार दलहरूबाट घोषणापत्र संकलन भइरहेको छ। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीले आफ्नो एजेन्डा सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेसले फागुन ६ गते मधेस प्रदेशबाट घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ भने नेकपा (एमाले) ले फागुन ७ भित्र सार्वजनिक गर्ने तयारी गरेको छ। अन्य केही दलले भने यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले फागुन ३ भित्र घोषणापत्र पेस गर्न निर्देशन दिएको थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्