महाशिवरात्रिमा पशुपति क्षेत्रमा १३८ जना प्रहरी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

काठमाडौँ — महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पाकेटमारी, धकेलाधकेल, अव्यवस्थित व्यवहार तथा गाँजा सेवनजस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

पर्वका कारण बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। सुरक्षा व्यवस्थालाई कडा बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *