|
२०८२ फाल्गुन ३
नवलपुर — गैँडाकोट नगरपालिका–८, सङ्गम मार्गमा गएराति स्कुटरले ठक्कर दिँदा ५० वर्षीय लखन तामाङको मृत्यु भएको छ।
घाइते तामाङलाई चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
दुर्घटनामा संलग्न २६ वर्षीय प्रविन थापा मगर, गैँडाकोट–८ का स्थानीय, प्रहरी नियन्त्रणमा छन्। आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्