|
२०८२ फाल्गुन ३
काठमाडौं, फागुन ३ – प्रधानमन्त्री सुशीला कार्कीले महाशिवरात्रिको अवसरमा शान्ति, सद्भाव र समृद्धिको कामना गरेकी छन्। उनले सबैलाई भगवान् शिवको आराधनामा समर्पित रहन प्रेरित गर्दै शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक भएको बताए।
प्रधानमन्त्री कार्कीले प्रकृतिको संरक्षण, स्वच्छता र दिगो विकासतर्फ सबैलाई प्रेरित गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना दिइन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्