|
२०८२ फाल्गुन ३
काठमाडौं, फागुन ३ – नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तय गरिएको प्रतिज्ञापत्र कार्यक्रम स्थगित गर्दै बुधबार जनकपुरमा आयोजना हुने चुनावी सभामा सार्वजनिक गर्ने निर्णय गरेको छ।
प्रवक्ता देवराज चालिसेका अनुसार, आइतबार पार्टी कार्यालय सानेपामा तय गरिएको कार्यक्रम अब स्थगित गरिएको हो। ६ फागुनमा मधेश प्रदेशको जनकपुरधामबाट चुनावी अभियानको सुरुवात गर्दै प्रतिज्ञापत्र पनि सार्वजनिक गरिने छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र पेस गर्ने समय फागुन २१ सम्म दिइसकेको छ। कांग्रेसले यस मितिभित्र आयोगमा प्रतिज्ञापत्र पेश गर्ने तयारी गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्