|
२०८२ माघ २९
काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन् । सरकारको सिफारिसमा उनले शुक्रबार मध्यरातिबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति पौडैलले फागुन १ गते शुक्रबार रातको १२ बजेदेखि लागु हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
‘‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१०/२६ को सिफारिसमा संवत् २०८२ साल फागुन १ गते शुक्रबार राती १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,’ प्रवक्ता शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्