निर्वाचनका लागि आवश्यक छपाइ सामग्रीहरू आयोगमा आउन शुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २९

काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्रीहरू छापिएर निर्वाचन आयोगमा आउन सुरु भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अन्य निर्देशिकाहरू आवश्यक मात्रामा छापिएर आयोगमा आइपुग्न थालेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन् ।

छापिएर आएका यी सामग्रीहरू निर्वाचनका अन्य आवश्यक सरसामानसँगै ७७ वटै जिल्लामा पठाउने गरी आयोगले आन्तरिक तयारी तीव्र पारेको छ।

जिसीका अनुसार प्रतिष्ठानबाट पहिलो चरणमा पाँच हजार थान छपाइ सामग्री आयोगमा आइसकेका छन् । बाँकी सामग्रीहरू पनि अब क्रमशः प्राप्त हुने र ती सबैलाई जिल्ला-जिल्लामा पठाउन तयारी अवस्थामा राखिने उनले बताए ।

निर्वाचनको सबैभन्दा महत्वपूर्ण मानिने मतपत्र भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा धमाधम छपाइ भइरहेको आयोगले जनाएको छ। आयोगले निर्वाचनको समय नजिकिँदै गर्दा प्राविधिक र व्यवस्थापकीय तयारीलाई अन्तिम रूप दिइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *