बालाजु हाइटबाट ७ लाख मूल्य बराबरको सुनका गहना चोरी

DaksuMedia दाक्सु मिडिया
|
माघ २७, २०८२

काठमाण्डौँ । काठमाडौँ महानगरपालिका-१६ बालाजु हाइटस्थित सृजनसिल चोकमा एक डेरा गरी बस्ने व्यक्तिको कोठाबाट लाखौँको धनमाल चोरी भएको छ । रुकुम मुसिकोट नगरपालिका-२ घर भई हाल बालाजु बस्ने २५ वर्षीया बिमला बिक नेपालीको कोठाबाट सुनका गरगहना चोरी भएको हो ।

प्रहरीका अनुसार सोमबार दिउँसो कोठामा कोही नभएको मौका छोपी करिब ७ लाख ४ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको हो । चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *