४४ जिल्लाका १०० निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २७

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ पूरा भएको छ।

जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइ गरिएको मतपत्रमध्ये हालसम्म एक करोड २२ लाखभन्दा बढी छापिएको निर्वाचन आयोगले जनाएको छ।

छपाइ सम्पन्न भएका जिल्लाका मतपत्र प्याकिङसमेत सकिई ढुवानीको तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *