काठमाण्डौँ । आकार फाउन्डेसनले ललितपुर महानगरपालिकामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ । प्रदर्शनीका क्रममा चित्रकला बिक्री गर्न सफल शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सहभागी कलाकारहरूको सिर्जनशीलता, मिहिनेत र उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समावेशी कलामा उनीहरूको योगदानलाई कदर गरिएको थियो ।
कार्यक्रमका क्रममा कलाकारले आफ्ना चित्रकला बिक्रीबाट प्राप्त पहिलो आम्दानी ग्रहण गरेका थिए । त्यसले उनीहरूको सिर्जनात्मक यात्रामा एक महत्त्वपूर्ण कोसेढुंगा कायम गरेको आयोजकको भनाइ छ ।
आर्थिक सहयोगसँगै प्रत्येक सहभागीलाई सम्मान र प्रोत्साहनस्वरूप प्रशंसापत्र पनि प्रदान गरिएको थियो ।
ललितपुर महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईंले कलाकारहरूलाई पुरस्कार प्रदान गर्दै उनीहरूको समर्पण र कलात्मक अभिव्यक्तिको प्रशंसा गरे ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्