भारतमा कोइलाखानी विस्फोट : खोटाङका तीन युवकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २६

काठमाडौँ। भारतको मेघालयस्थित अवैध कोइलाखानीमा विस्फोट हुँदा खोटाङका तीन युवकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

माघ २२ गते पूर्वी जयन्तीया हिल्सको कोइलाखानीमा विस्फोट हुँदा बरापोखरी–१ सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको ज्यान गएको हो। ५० वर्षीय रत्न राई बेपत्ता भएका छन्।

घाइतेहरूलाई मेघालयस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विस्फोटमा परेका मृतक र घाइतेमध्ये अधिकांश एउटै गाउँका हुन्। परिवारले शव स्वदेश ल्याउन र घाइतेको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *