|
२०८२ माघ २४
काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी विज्ञप्तिमा बैठक बिहान ८ः३० बजे सुरु हुने जानकारी दिएका छन्।
बैठकमा प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२, साथै केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्