कालीगण्डकी कोरिडोर सुरक्षित बनाउने प्रयास, म्याग्दी खण्डमा पहिरो नियन्त्रणको काम सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २४

चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो तथा नदी कटान रोकथामको काम सुरु गरिएको छ। बारम्बार पहिरोका कारण अवरुद्ध हुने सडकलाई सुरक्षित र नियमित सञ्चालनयोग्य बनाउने उद्देश्यले योजना अघि बढाइएको हो।

सडक योजना कार्यालयका अनुसार करिब २५ करोड रुपैयाँको लागतमा रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न जोखिमयुक्त स्थानमा काम भइरहेको छ। पहिरो नियन्त्रणका लागि ‘रक एङ्करिङ’, पक्की पर्खाल, बायो–इञ्जिनियरिङ र पानी व्यवस्थापन संरचना निर्माण गरिँदैछ।

चालु आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाबाट सडक यातायात सहज हुनुका साथै जोखिममा रहेका बस्ती र सार्वजनिक संरचनाको संरक्षण हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *