|
२०८२ माघ २०
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मंगलबार बिहानदेखि चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
देश दौडहा सकेर सोमबार साँझ आफ्नो निर्वाचन क्षेत्र झापा– ५ आइपुगेका शाहले मंगलबार बिहानदेखि मतदाताको घर गाउँमा गएर चुनावी अभियान सुरु गरेका हुन् ।
उनले बिहान रास्वपा कमल गाउँपालिकाका वडा तथा गाउँ सभापतिहरूसँग सामूहिक छलफल गरेका थिए । त्यसपछि कमल गाउँपालिकास्थित सुकुम्वासी बस्तीका मतदातासँग छलफल गरेका छन् । सो क्रममा उनले काठमाडौं र झापाका सुकुम्वासी बस्तीको कथा फरक रहेको बताएका छन् ।
उनले भने, ‘काठमाडौंमा सुकुम्वासी खोला किनारमा थिए । हामीले उहाँहरूलाई नै बाढी डुबानबाट जोगाउन व्यवस्थापन गरेका हौँ । झापामा त्यस्तो अवस्था छैन् ।’


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्