जुम्लाका ५२ मतदानस्थल र ६४ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २०

काठमाण्डौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि जुम्लाका ५२ वटा मतदानस्थल र ६४ वटा मतदान केन्द्र अतिसंवेदनशील देखिएको जिल्ला सुरक्षा समिति जुम्लाले जनाएको छ ।

कुल ८५ वटा मतदानस्थल रहेको जुम्लामा ५२ वटा अतिसंवेदनशील, १८ वटा संवेदनशील र १५ वटा सामान्य रहेका छन् । ११० मतदान केन्द्र रहेकोमा ६४ वटा अति संवेदनशील, २५ वटा संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य छ ।

भौगोलिक विकट्ता, सञ्चारको पहुँच अभाव, केन्द्रको भौतिक संरचना, सडक सञ्जालको पहुँच, खानेपानी र बिजुली व्यवस्था लगायतका सुरक्षा चुनौतीका आधारमा मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिनबाबु रेग्मीले जानकारी दिए ।

उनका अनुसार मतदान केन्द्र र मतदानस्थलमा देखिएको समस्या समाधानको लागि स्थानीयतहसँग आग्रह गरिरहेको अवस्था छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *