|
२०८२ माघ १७
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट गरिएको छ। जिल्ला प्रहरी कार्यालयअन्तर्गत ५६५ जना र सशस्त्र प्रहरी बल गलेश्वर गुल्मबाट ९६ जना चयन भएका हुन्।
शारीरिक तथा लिखित परीक्षामार्फत छनोट भएका प्रहरीलाई आइतबारदेखि तालिम दिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तालिम बेनी र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सञ्चालन हुनेछ।
जिल्लामा रहेका ८२ मतदानस्थलमध्ये आठ अति संवेदनशील, २९ संवेदनशील र बाँकी सामान्य वर्गमा राखी सुरक्षा रणनीति बनाइएको छ। म्याग्दीमा ८६ हजारभन्दा बढी मतदाता रहेका छन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्