आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १७

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (२०८२ माघ १७, शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरोको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा तथा बेलायती पाउण्ड स्ट्रलिङको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैङ्कका अनुसार आवश्यक परे विनिमयदर संशोधन हुनसक्ने र वाणिज्य बैङ्कको दर फरक पर्न सक्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *