श्रीमती हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर गरे आत्मसमर्पण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १६

काठमाण्डौँ । श्रीमती हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।

प्रहरीमा आत्मसमर्पण गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिन हुन् ।

श्रीमती हत्यापछि टिकाभैरव प्रहरी चौकीमा गएर उनले आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।

उनले श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेको प्रहरीले बताएको छ । मदिरा सेवन गरेर चिर्पटले हानेर श्रीमतीको हत्या गरेर खाटमा सुताएको अवस्वामा शव फेला परेको प्रहरीले बताएको छ ।

दुबै जनाले मदिरा पिएपछि विवाद हुँदा श्रीमतीको हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । घटना शुक्रबार बिहानको हो । हत्यापछि उनी मैले श्रीमती हत्या गरेँ भन्दै प्रहरी कार्यालय पुगेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Marilyn4689

    January 31, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *