शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १६

काठमाण्डौँ । शहीद दिवसको दिन आज बिहान प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ ।

साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरिएको थियो । शान्ति वाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको छ ।

सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता थियो ।सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको थियो । यद्यपि २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले २०८० सालमै गरिसकेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *