दाङमा निर्वाचन सुरक्षाका लागि ५ हजार बढी सुरक्षाकर्मी परिचालन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १४

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन दाङ जिल्लामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

जिल्लाका १५९ मतदानस्थललाई सुरक्षा जोखिमका आधारमा १६ अतिसंवेदनशील, १३४ संवेदनशील र नौ सामान्य गरी वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए। निर्वाचनका लागि एकीकृत सुरक्षा योजना–२०८२ लागू गरिएको छ।

निर्वाचनअघि, मतदानका दिन र मतगणनासम्म गस्ती, निगरानी तथा भ्रामक सूचनाको अनुगमन गरिने जनाइएको छ। जिल्लामा चार लाख ३१ हजार ६८७ मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *