|
२०८२ माघ १४
म्याग्दी क्षेत्र नम्बर–१ का उम्मेदवार तथा पूर्वमन्त्री महावीर पुनले चुनाव जित्नकै लागि परम्परागत ढंगले भोट नमाग्ने स्पष्ट पारेका छन्।
मतदातासँगको भेटघाटका क्रममा उनले ढोगधूप वा लम्पसार परेर मत माग्ने संस्कृतिमा आफू विश्वास नगर्ने बताए। आफूले जिम्मेवारी सम्हालेर काम गर्न सक्छु भन्ने विश्वास लागेमा मात्रै मत दिन आग्रह गर्दै उनले मतदाताको स्वतन्त्र निर्णयलाई सम्मान गर्ने धारणा राखे।
“मलाई जिताउनुपर्छ भनेर खुट्टा ढोग्ने काम म गर्दिनँ,” पुनले भने, “काम गर्न सक्छु भन्ने भरोसा लागे भोट दिनुस्, नलागे नदिनुस्।”उनको भनाइलाई धेरैले फरक र स्पष्ट राजनीतिक दृष्टिकोणका रूपमा लिएका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्