|
२०८२ माघ १४
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन जिल्लामा करिब तीन हजार निर्वाचन प्रहरी खटाइने भएका छन्। निर्वाचन प्रहरीमा आवेदन दिनेमध्ये २ हजार ९४० जनाको नाम मुख्य सूचीमा, र १७४ जनाको नाम वैकल्पिक सूचीमा प्रकाशित भएको छ।
प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार उनीहरूलाई माघ १८ गतेदेखि तालिम दिइनेछ र माघ २५ गतेदेखि कार्यक्षेत्रमा खटाइनेछ। नेपाल प्रहरीतर्फ २ हजार ४४१ र सशस्त्र प्रहरी बलतर्फ ३२५ जनाले निर्वाचनमा सेवा दिनेछन्।
तालिम जिल्ला प्रहरी कार्यालयसहित ९ वटा इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नारायणगढमा दिइने व्यवस्था मिलाइएको छ। निर्वाचन प्रहरीहरू करिब एक महिनासम्म सेवा दिएपछि २५ फागुनमा बिदाइ गरिनेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्