बालेन डडेलधुरा पुगे, सुदूरपश्चिममा चुनावी अभियान जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार बिहान चुनाव प्रचारका लागि डडेलधुरा पुगेका छन्। डडेलधुरा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो।

सुदूरपश्चिम केन्द्रित चुनावी अभियानमा रहेका बालेन आज डडेलधुरा हुँदै बैतडी र दार्चुलासम्म पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। डडेलधुराको महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा उनले कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

यसअघि सोमबारदेखि सुरु भएको यात्राका क्रममा बालेन मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी भएका थिए। आज दिउँसो बैतडीको पाटनस्थित रास्वपाको सम्पर्क कार्यालय र अपराह्न दार्चुलाको गोकुलेश्वरस्थित कार्यालयमा पनि कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ।

झापा–५ बाट उम्मेदवारी दिएका बालेनको प्रतिस्पर्धा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हुने अनुमान गरिएको छ। दुवै नेतालाई आ–आफ्ना दलले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *