बारामतीमा विमान दुर्घटना, महाराष्ट्रका उपमुख्यमन्त्री पवारको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १४

भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा मृत्यु भएको छ। उनी सवार निजी विमान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार मुम्बईबाट बारामतीतर्फ जाँदै गरेको विमान अवतरणका बेला रनवेबाट चिप्लिएपछि दुर्घटना भएको हो। घटनास्थलमै उपमुख्यमन्त्री पवारसहित विमानमा सवार सबैको मृत्यु भएको बताइएको छ।

विमानमा पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमान चालक दलका सदस्यहरू पनि सवार थिए। दुर्घटनापछि उद्धार प्रयास भए पनि कसैलाई बचाउन सकिएको थिएन।दुर्घटनाको यथार्थ कारणबारे हालसम्म आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन। सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *