हिमाली जिल्लामा एकैसाथ वर्षा र हिमपात, जनजीवन प्रभावित तर किसानमा आशा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १४

मङ्गलबार रातिदेखि मुस्ताङ, हुम्ला र बाजुरालगायत हिमाली जिल्लामा वर्षासँगै बाक्लो हिमपात भएको छ। हिमपातले डाँडाकाँडा सेताम्मे बनेका छन् भने सडक र हवाई सेवा प्रभावित भएका छन्।

मुस्ताङमा कागबेनी–कोरला सडक हिमपातका कारण अवरुद्ध भएको छ। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। हिमपातले स्याउ, उवा, फापर, जौँ र आलुजस्ता बाली सप्रने आशा किसानले गरेका छन्।

हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटका उच्च भेगमा करिब एक फिट हिउँ जमेको छ। यसले सिमकोट विमानस्थलसहित लिमी, यारी र हिल्सा जाने सडक बन्द भएका छन्।

बाजुराका विभिन्न लेकाली क्षेत्रमा पनि हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। यद्यपि वर्षा र हिमपातले गहुँबालीका लागि सकारात्मक प्रभाव पर्ने कृषि कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *