|
२०८२ माघ १३
काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइ गरिएको निर्वाचन आयोगले जनाएको छ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार समानुपातिकतर्फको काम सकिएसँगै सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भइसकेको छ। यसअघि केन्द्रले १० लाख ९८ हजार २०० प्रति नमुना मतपत्र छपाइ गरी आयोगलाई बुझाइसकेको छ, जसलाई मतदाता सचेतना लगायतका प्रयोजनमा प्रयोग गरिँदै आएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्