|
माघ १२, २०८२
काठमाण्डौँ । मनाङ मर्स्याङदी क्लबले एन्फा राष्ट्रिय लिगमा पहिलो जित निकालेको छ ।
सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा मनाङले काँक्रे बिहार क्लबलाई ५–१ गोलले पराजित गरेको हो ।
चार खेलपछि पहिलो जित निकाल्ने क्रममा मनाङका लागि गिडेयोन नाहले दुई तथा सुरेश कुमाल, अनिल कुमार र नवराज गुरुङले एक एक गोल गरे ।
काँक्रे बिहारका लागि सन्दीप देउवाले सान्त्वना गोल फर्काए । जितसँगै मनाङले तीन अङ्क बनाएको छ । लगातार चौथो हार खेपेको काँक्रे बिहारले अङ्कको खाता खोल्न सकेको छैन ।
लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्