मिनिरल वाटर बोकेको गाडी दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १२

काठमाण्डौँ । मकवानपुरको इन्द्रसरोवर तालमा मिनरल वाटर बोकेको गाडी खसेको छ ।

इन्द्रसरोवर गाउँपालिका १ मार्खुचौरस्थित मार्खु-कलंकी सडक खण्डमा कंलकीबाट मार्खु तर्फ आउँदै गरेको बा३ख ३९५४ नं. को मिनरल वाटर (खानेपानी) बोकेको आइचर गाडी तालमा खसेको हो ।

रोकेर पानी झार्ने क्रममा अचानक अगाडि बढ्दा सडकबाट अन्दाजी १५ मिटर तल इन्द्रसरोवर तालमा गाडी खसेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट मार्खुबाट खटिएको टोली घटनास्थल पुगेको र गाडी निकाल्नका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

गाडी मालिक ललितपुरको ललितपुर नगरपालिका-११ ‍शङ्खमुलका दिगज आमत्य, चालक गोरखा सुलीगढ गाउँपालिका-१ का २१ वर्षीय सुजन परियार र सहचालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका ३ का १८ वर्षीय सुजन जिम्बा सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *