|
२०८२ माघ १२
काठमाण्डौँ । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफले टाइगर कपमा दोस्रो जित हात पारेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार सम्पन्न खेलमा एपीएफले ३–० को सेटमा जित निकालेको हो। जितसँगै एपीएफले ३ खेलबाट ६ अंक पुर्याएको छ। आर्मीको भने यो लगातार तेस्रो हार हो ।
खेलको सुरुआतीदेखि दबाबम राखेको एपीएफले १५–११, २५–१८ र २५–१९ ले नतिजा आफ्नो पार्यो ।
उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी जत्सना महतो ‘टाइगर अफ दी म्याच’ घोषित भइन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्