मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन वटा मात्रै चुनाव चिह्न रहने भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपत्रमा नेपाली कांग्रेसको रूख, नेकपाको रातो तारा र मंगोल नेशनल अर्गनाइजेसनको भाले चिन्ह रहनेछ।
सुरुमा पाँच राजनीतिक दलबाट उम्मेदवारी दर्ता भए पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धा तीन जनामा सीमित भएको हो।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार उम्मेदवारी फिर्ता लिने प्रक्रिया सम्पन्न भएपछि मतपत्रमा तीन दलका मात्रै चिन्ह समावेश गरिएको छ। “दुई दलले उम्मेदवारी फिर्ता लिएपछि अब मतदाताले तीन विकल्पमध्ये एकमा मतदान गर्नेछन्,” उनले बताए।
निर्वाचन मैदानमा नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ, नेकपाबाट यशोदा सुवेदी गुरुङ र मंगोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर गुरुङ ‘नवीन’ रहेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्