|
२०८२ माघ ११
काठमाण्डौँ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा आइतबार भएको मतदान सकिएको छ ।
आगामी २० फागुनदेखि राष्ट्रिय सभामा रिक्त हुने १७ पदका लागि सातै प्रदेशमा आइतबार निर्वाचन भएको हो ।
आइतबार ३ बजे सकिएको मतदानमा कुल २२३ जनाले मत दिएका छन् । प्रदेशतर्फ ५७ र पालिकातर्फ १६६ जनाले गरी २२३ जनाले मतदान गरेका हुन् ।
पालिका तर्फ १०२ जना पुरुष र ६४ जना महिलाले मतदान गरेका हुन् भने प्रदेशतर्फ ५९ पुरुष र २० महिला गरी ५७ जनाले मत दिएका हुन् ।
स्थानीय तहमा ३ जना र प्रदेशतर्फ २ जनाले मत हालेनन् ।
स्थानीय तहमा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छन् भने प्रदेशतर्फ राप्रपाका २ सांसद मतदानका सहभागी भएनन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्