एन्फा राष्ट्रिय लिगमा भगवती र सातदोबाटोको जित

DaksuMedia दाक्सु मिडिया
|
माघ ९, २०८२

काठमाण्डौँ । एन्फा राष्ट्रिय लिग २०८२ को आज भएका २ खेलमा श्री भगवती क्लब र सातदोबाटो युथ क्लबले जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा श्री भगवती क्लबले जनजागृति युथ क्लबलाई ५–१ ले पराजित गरेको छ।

भगवती युथ क्लबका लागि शिशिर लेखिले २ गोल गरे । अजयी मार्टिन, सुवास बम र सिमान्त थापाले १–१ गोल गरे। जनजागृति युथ क्लबका लागि विक्रम थोकरले सान्त्वना गोल फर्काएका थिए ।

त्यस्तै, आजको दोस्रो खेलमा सातदोबाटो युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोको लागि फोडे फोफानाले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलको ६१ औं मिनेटमा फोडेले गोल गरेका हुन्। यही गोल नै निर्णायक बनेको हो ।

आजको तेस्रो खेल लालिगुँरास एशोसियनसन र नेपाल पुलिस क्लबबीच दशरथ रंगशालामा साँझ ६स्३० मा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *