काठमाण्डौँ महानगरले खोलानाला सरसफाइ गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ९

काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले सहरको सौन्दर्य फर्काउन र वातावरण स्वच्छ राख्न आफ्नो क्षेत्रभित्रका खोलानाला सरसफाइ अभियानलाई तीव्र पारेको छ। सहरलाई सुन्दर र व्यवस्थित बनाउने लक्ष्यसहित महानगरले पछिल्लो समय जलसम्पदाको सफाइमा विशेष ध्यान दिन थालेको हो ।

यसअघि अनामनगर क्षेत्रमा पर्ने धोबीखोला र टुकुचा खोलाको सरसफाइ सम्पन्न गरिसकेको महानगरले अहिले वडा नम्बर १६ स्थित विष्णुमती खोलामा ध्यान केन्द्रित गरेको छ । महानगरका कर्मचारीहरूले खोला किनारमा पलाएका अनावश्यक झाडी फाँड्ने र पानीमा थुप्रिएका फोहोर हटाउने कार्यलाई युद्धस्तरमा अघि बढाएका छन् ।

खोलानाला अत्यन्तै दुर्गन्धित हुँदा सहरको सुन्दरतामा ह्रास आउनुका साथै पानीजन्य रोगहरूको जोखिम बढेपछि यो कदम चालिएको महानगरले जनाएको छ। खोलाको प्राकृतिक स्वरूप फर्काउन र ढलको उचित व्यवस्थापनका लागि पनि यो अभियान प्रभावकारी हुने विश्वास गरिएको छ।

सरसफाइसँगै महानगरले नगरवासीहरूलाई खोलानालामा फोहोर नफाल्न कडा आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *