|
२०८२ माघ ९
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज दिउँसोदेखि देशका विभिन्न स्थानमा मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मुख्यगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली रहनेछ भने केही स्थानमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसम परिवर्तनले दैनिक जनजीवन र यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्