अर्घाखाँचीमा एउटै वडाबाट चार उम्मेदवार मैदानमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ९

अर्घाखाँची । अर्घाखाँची प्रतिनिधिसभा निर्वाचनमा रोचक संयोग देखिएको छ।

मालारानी गाउँपालिका–५ बागीबाट एउटै वडाका चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।

एमालेका पिताम्बर भुसाल, नेकपाका रामबहादुर चौहान, स्वतन्त्र उम्मेदवार रवि शाह र हिमाल भुसाल एउटै गाउँका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल भने मालारानी–४ खनकाका बासिन्दा हुन्। जिल्लाभर विभिन्न दल र स्वतन्त्र गरी एक महिलासहित १५ जनाको उम्मेदवारी परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *