स्वागत नेपाललाई साइबर ब्यूरोल‍े किन बोलायो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ८

काठमाण्डौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता एवं राप्रपाका नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका उम्मेदवार नेपाललाई सोधुपछका लागि साइबर ब्यूरोले बोलाएको पुष्टि गरेका छन् ।

नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राप्रपाबाट झापा २ मा उम्मेदवारी दिएका छन् । उनी यतिबेला चुनावको प्रचारप्रसारका लागि झापामै छन् ।

साइबर ब्यूरोले केही विषयमा सोधुपुछ गर्नुपर्ने भएकाले अधिवक्ता नेपाललाई बोलाएको जनाएको छ।

चुनाव प्रचारप्रसारको क्रममा रहेका पार्टीका नेतालाई अनावश्यक दुस्ख दिन खोजेको र चुनावी अभियानलाई प्रभावित पार्ने षडयन्त्र भएको हुनसक्ने प्रवक्ता श्रेष्ठले बताए । उनले बोलेकै आधारमा सरकारी संयन्त्रले निरुत्साहित तुल्याउने प्रपञ्च गरेको भन्दै आपत्ती समेत जनाएका छन् ।

नेपालले केही समयअघि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *