दुई महिला, सात स्वतन्त्रसहित ललितपुर २ मा २३ जनाको उमेदवारी

DaksuMedia दाक्सु मिडिया
|
माघ ७, २०८२

काठमाण्डौँ । ललितपुर निर्वाचन क्षेत्र २ मा २३ जनाको उमेदवारी परेको छ ।

उमेदवारी दर्ताको दिन नेकपा (विप्लव समूह, माओवादी) का अष्टराज बज्राचार्यले पहिलो उमेदवारी दर्ता गराएका थिए । त्यस्तै, नेपाल मजदुर किसान पार्टीबाट चिरीमैयाँ महर्जनको उमेदवारी परेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट कृष्ण महर्जनको उमेदवारी परेको छ । महर्जन कम्प्युटर इन्जिनियरसमेत हुन् ।

राष्ट्रिय मुक्ति पार्टीका डोलेन्द्रराज भट्टराईले ललितपुर २ बाट उमेदवारी दर्ता गराएका छन् । नेकपा संयुक्तको तर्फबाट रमेश आचार्य, उज्यालो नेपाल पार्टीबाट राजाराम तण्डुकारले उमेदवारी दर्ता गराएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले राजेन्द्र अमात्यलाई उमेदवारका रूपमा अघि सारेको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रघुबर राज थापा उमेदवार बनेका छन् ।

स्वतन्त्र सातजनामा उमंग केसी, बाबुराज बज्राचार्य, रविराज पौडेल, ओमराज बज्राचार्य, रवीन्द्र अमात्य, मंगलकृष्ण श्रेष्ठ र कृष्ण खड्काले उमेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ललितपुर २ बाट उमेदवारी दर्ता गराएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीबाट हटेर उनले ललितपुर २ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ उमेदवारी दर्ता गराए

यस्तै, मंगल नेसनल अर्गनाइजेसनका कृष्ण महर्जन, नेकपा (एमाले) बाट प्रेमबहादुर महर्जन, श्रम संस्कृति पार्टीबाट सरोज राई, नेपाली कांग्रेसको तर्फबाट प्रेम कृष्ण महर्जन, जसपा नेपालबाट रिहीणी कस्ती, आम जनता पार्टीबाट लखिन्द्र कुमार साह उमेदवार बनेका छन् ।

नेसनल रिपब्लिक नेपालबाट खेमप्रसाद श्रेष्ठ उमेदवार बनेका छन् ।

ललितपुर २ मा अधिकांश नयाँ अनुहारले उमेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *