निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

DaksuMedia दाक्सु मिडिया
|
माघ ७, २०८२

काठमाण्डौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता, नागरिक र सरोकारवालाका जिज्ञासा सम्बोधन गर्न कान्तिपथस्थित आफ्नै कार्यालयमा ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यस केन्द्रमार्फत निर्वाचनसँग सम्बन्धित विभिन्न प्रश्न तथा गुनासोहरूको सुनुवाइ गरिनेछ । जम्मा छ वटा डेस्क रहेको यो केन्द्र दैनिक बिहान ९ः ०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

निर्वाचनका बारेमा जानकारी लिन चाहने जो कोहीले पनि निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर आफ्नो जिज्ञासा राख्न सक्नेछन् । आयोगले प्रविधिको उचित व्यवस्थापन गर्दै एकै पटक १५ जनासम्मले फोन गर्दा पनि कल होल्डमा नपर्ने गरी प्रणाली विकास गरेको छ ।

यस सेवाले मतदाता शिक्षा, मतदान केन्द्र, निर्वाचन आचारसंहिता र उम्मेदवारीका विषयमा नागरिकलाई सूसुचित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोगले लिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *